भावना गुरुङ स्मृति च्यालेन्ज कप मङपु रेशन एफसी-को झोलीमा

मङपु : चालीस धुरा जन कल्याण विकास समितिको आयोजनामा भावना गुरुङ स्मृति च्यालेन्ज कप फुटबल फाइनल खेल आज चालीस धुरा जनमैदानमा सम्पन्न भयो। डीके वाईबाले सञ्चालन गरेको खेलमा अध्यक्ष बिजय कुमार तामाङ अनि प्रमुख अतिथि शशिभुषन राईको बाहुलीबाट भावना गुरुङको तस्विरमा दीप प्रज्ज्वलन गरेर खेल शुरु गरियो। आजको फाइनल खेल सञ्जिविनी एफसी थर्ड माइल बनाम रेशन एफसीमाझ भीडन्त भयो। आजको फाइनल खेलमा 1 को  विरुद्ध 2 गोल गरेर रेशन एफसी मङपु विजय बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रेशन थापालाई म्यानअफ द म्याचको ट्रफी प्रदान गरियो भने सन्जोक थापा अनि सर्वाधिक गोलदाता सागर ठटाललाई म्यान अफ द टुर्नामेन्ट चयन गरियो। चालीस धुरा जनकल्याण समितिको तर्फबाट फाइनल खेलको विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद राशि 70 हजार अनि उपविजेता टोलीलाई ट्रफी सहित 35 हजार रुपियाँ नगद राशि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *