बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे भाजपा-मा सामेल

खरसाङ (निसं) : खरसाङको सामी लाखाङ गुम्बाको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे भारतीय जनता पार्टीमा सामेल भएका छन्। तिनलाई दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले खदार्पण गरेर भारतीय जनता पार्टीमा स्वागत जनाए। यस अवसरमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, जिल्ला सचिव सोनाम लामा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *