भेट्टाइएको सुनको गहनालगायत रुपियाँ पुलिसलाई सुम्पेर ईमान्दारिताको उदाहरण दिइन् सारथी रायले

सिलगढी : सडकमा भेट्टाइएको सुनको गर-गहनालगायत केही रुपियाँ पुलिसलाई सुम्पेर सिलगढी नगरनिगमको 34 नम्बर वार्ड निवासी सारथी रायले ईमान्दारिताको उदाहरण दिएकी छन्। प्राप्त जानाकारी अनुसार हिजो राति तिनले भक्तिनगर पाइपलाइन इलाकामा एउटा ब्याग देखेपछि तिनले उक्त ब्याग खोलेर हेर्दा त्यसभित्र सुनको चेन, लकेटलगायत केही रुपियाँ रहेको थियो। यसपछि तिनी उक्त ब्याग लिएर वार्ड को-अर्डिनेटर चन्द्रानी मण्डलको घरमा गएपछि तिनको परामर्शअनुसार आज तिनी एनजेपी थानामा गएर पुलिसलाई उक्त भेट्टाएको ब्याग सुम्पिदिइन्। उक्त महिलाको ईमान्दारिता देखेर पुलिस कर्मीहरू छक्क पर्दै तिनको सरहाना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *