भिन्ना-भिन्नै ठाउँमा दुईजना चियाश्रमिकले गरे आत्महत्या

वीरपाडा : डुवर्सको दुम्सीपाडा चियाबारी निवासी चियाश्रमिक 55 वर्षीय रतन महालीको चियाबारीस्थित 16 नम्बर सेक्सन डुम्फा लाइन नजिक झुण्डिएको अवस्थामा शव उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त चियाश्रमिक गत रातिदेखि नै घरबाट निखोज भएका थिए। मानसिक रूपले अस्वस्थ्य रहेका चियाश्रमिक रतन महाली चियाकमानमा चपरासीको रूपमा कार्यरत थिए।


अर्कोतिर, यता शिशुबाडी बजार क्षेत्र निवासी उज्ज्वल दासको पनि झुण्डिएको अवस्थामा शव मदारीहाट पुलिसले उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार यी दुवै भिन्न-भिन्नै ठाउँमा आत्महत्या गर्ने व्यक्तिहरूको शव पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *