भिन्ना-भिन्नै सडक दुर्घटनामा दुईजनाको मृत्यु

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरमा दुईवटा भिन्ना-भिन्नै ठाउँमा भएको सड़क दुर्घटनामा दुईजना व्यक्तिको मृत्यु भएको छ। मृतकहरू 45 वर्षीय कनाई यादव र 30 वर्षीय दीपु कुमार सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो राति कनाई यादव काम गेरर साइकलमा घर फर्किरहेको समय 31 नम्बर राष्ट्रिय राजमार्गमा एउटा लरीले धक्का दिँदा तिनी गम्भीर रूपले घाइते भएका थिए। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई इस्लामपुर महकुमा अस्पताल लगेपछि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। यसैगरी अर्कोतिर, इस्लामपुरको ओल्ड बस स्ट्याण्ड इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा दुईवटा बाइक ठोक्किँदा दुईजना व्यक्ति घाइते भएपछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई इस्लामपुर महकुमा अस्पताल लगेपछि ती दुईमध्ये दीपु कुमार सिंहको मृत्यु भएको छ भने अन्य एकजना घाइतेको हाल इस्लामपुर महकुमा अस्पतालमा उपचार चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *