भिन्न-भिन्नै चोरीको मामिलामा 3 जना पक्राउ

सिलगढी : सिलगढीको प्रधाननगर थाना पुलिसले अभियान चलाएर भिन्ना-भिन्नै ठाउँमा भएको चोरीको मामिलामा 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले तिनीहरूबाट चोरी गरिएको सर-समान पनि उद्धार गरेको छ। प्राप्त  जानकारी अनुसार गत केही दिन अघिदेखि प्रधाननगर थाना अन्तर्गत पर्ने इलाकामा लगातार चोरीको घटना घटिरहेको थियो। यसलाई लिएर पुलिसले लगातार अभियान चलाइरहेको थियो। गोप्य सूचनाको आधारमा गत राति  प्रधाननगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर सुरज छेत्री र सुरज दोर्जीलाई पक्राउ गर्नको साथै भिन्नै ठाउँमा चोरी गरेको आरोपमा अन्य एकजना गोपाल कर्मकार नाम गरेको व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपी व्यक्तिहरूबाट चोरी गरेको सर-समान पनि उद्धार गरेको छ। पुलिसले आरोपी 3 जनालाई आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *