भिन्ना-भिन्नै मामिलामा 3 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले भिन्ना-भिन्नै मामिलामा 3 जना युवकलाई पक्राउ गरेको छ। प्रधान नगर थाना पुलिसले एसएनटी इलाकामा अभियान चलाएर धेरै मात्रा प्रतिबन्धित कफ सिरप र ट्याबलेटसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले निकोलस तामाङ (22) र क्रिस्टल छेत्री (28) को रूपमा सामेल छन्। पुलिसले तिनीहरूबाट 240 पीस ट्याबलेट र 16 पीस कफ सिरप उद्धार गरेको छ। अर्कोतिर, प्रधाननगर पुलिसले पञ्चानन कोलनी इलाकाबाट 16 लिटर अवैध रम-रक्सी सहित दिलीप शर्मा (28) नाम गरेको युवकलाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *