भिन्ना-भिन्नै ठाउँबाट नशालु पदार्थ सहित दुईजना पक्राउ

सिलगढी : प्रधान नगर तथा भक्ति नगर थाना पुलिसले भिन्ना-भिन्नै ठाउँबाट नशालु पदार्थ सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार प्रधान नगर थाना पुलिसले एसएनटी इलाकाबाट 46 बोतल प्रतिबन्धित कफ सिरप सहित अमरेन्द्र कुमार सिंह उर्फ बिट्टुलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बाइकमा सवार भएर एकजना व्यक्तिले एसएनटी इलाकामा प्रतिबन्धित कफ सिरप बेचिरहेको पुलिसले खबर पाएपछि उक्त इलाकाबाट तिनलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, भक्ति नगर थाना पुलिसले सिलगढी नगरनिगमको वार्ड नम्बर 44-को टीवी हस्पिटल अघिबाट प्रतिबन्धित 41 पीस नशालु इन्जेक्सन सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढी नगरनिगमको 3 नम्बर वार्ड निवासी कनाई दासको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका दुवै आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *