भिन्ना-भिन्नै ठाउँबाट लाखौँ रुपियाँको अवैध काठ उद्धार

कालचिनी : गोप्य सूचनाको आधारमा वन विभागले दुइवटा भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर लाखौँ रुपियाँको अवैध काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा वनकर्मीहरूले गोपालपुर चियाकमानमा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 30 सीएफटी सैगुनको काठ उद्धार गरेको बताइएको छ। अर्कोतिर, पाना मोबाइल रेञ्जका वनकर्मीहरूले कालचिनी कामार लाइन इलाकामा अभियान चलाएर 50 सीएफटी काठ उद्धार गरेको छ। तथापि, दुवै मामिलामा कसैलाई पनि पक्राउ गरिएको छैन। वनकर्मीहरू आएको सुइँको पाएपछि तस्करहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *