भिन्ना-भिन्नै ठाउँमा झुन्डिएको अवस्थामा दुईजनाको शव उद्धार

कालचिनी : कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज इलाकामा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतक व्यक्ति अजीत उरावको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान अजीतलाई तिनकै घर नजिक एउटा रुखमा झुन्डिएको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।  अर्कोतिर,  खोरीबारी थानाको धुलियास्थित चियाकमानमा 32 वर्षीय तुईला सोरेनको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। पुलिसले घटनास्थलबाट शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *