भित्ते पत्रिकाको अङ्क प्रकाशित

मिरिक : मिरिक उच्चतर माध्यमिक विद्यालयमा लङ्कासानीको भित्ते पत्रिकाको अङ्क आज प्रकाशित गरियो। उक्त भित्ते पत्रिका विद्यालय परिवारले विद्यार्थी अनि शिक्षक शिक्षिकाहरूको उपस्थितिमा सार्वजनिक गर्यो। दशौं श्रेणीका विद्यार्थीहरूको रचनाहरू भित्ते पत्रिका लङ्कासानीमा समावेश गरिएको छ। सिनियर शिक्षक सिद्धार्थ राई अनि सुरेश तामाङको नेतृत्वमा विद्यार्थीहरूको कथा, कविता अनि विविध ज्ञानवर्द्धक रचनाहरू प्रकाशित गरिएको शिक्षक अमीर तामाङले बताए। शिक्षक तामाङले लङ्कासानी मिरिक उच्च माध्यमिक विद्यालयको मुखपत्र हो। उक्त विद्यालयको 125औँ वर्ष गाँठको अवसरमा 2022-मा लङ्कासानी प्रकाशन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *