भोलि बकरीदमा कञ्चनजङ्घा स्टेडियमको बद्ली घरमै नमाज पढ्ने

सिलगढी : भोलि मुस्लिस समुदायको बकरीद (ईद-उल-अजहा) रहेकोले कोरोना महामारीको कारण यस वर्ष सामाजिक दूरीको पालन गर्दै 25 जना मानिसहरूले सहरको मस्जिदमा नमाज पढ्ने भएका छन्। पुलिस अधिकारीहरूले विभिन्न थानाहरूको तर्फबाट मस्जिद कमिटीका सदस्यहरूलाई लिएर एउटा सभा गरेर सबै सुरक्षा नियमको पालन गर्दै बकरीद मनाउने निर्देश दिएको छ। जामा मस्जिद कमिटीका सदस्य फिरोज अहमद खानले बताएअनुसार प्रत्येक वर्ष कञ्चनजङ्घा स्टेडियममा नमाज पढ्ने चलन रहे तापनि यस वर्ष कोरोना महामारीको कारण यहाँ नमाज पढ्न निषेध गरिएको छ। यस वर्ष सामाजिक दूरीको पालन गर्दै 25 जना मानिसहरूलाई सहरको मस्जिदमा नमाज पढेपछि अन्य सबैले आ-आफ्ना घरमा नमाज पढ्ने निर्देश दिएको बताइएको छ। कोरोना महामारीको कारण सहरको बजारमा ईदको बजार गर्न आउने मानिसहरू निक्कै कम्ती देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *