भोलि विश्वकप फुटबलको फाइनल, सिलगढीको बाघाजतीन पार्कमा जोइन्ट स्क्रिनको व्यवस्था

सिलगढी : सिलगढी नगरनिगमले जोइन्ट स्क्रिनमा फुटबल विश्वकपको फाइनल म्याच देखाउने व्यवस्था गरेको छ भने यसको लागि सिलगढीको बाघाजतीन पार्कमा युद्धस्तरमा तयारी चलिरहेको छ। फुटबल विश्वकपको फाइनल म्याचलाई लिएर घर-घरमा उस्ताह देखापरेको छ। यो उत्साहलाई अझ दुई गुणा बढाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले उक्त पहल गरेको हो। सिलगढी नगरनिगमको तर्फबाट बाघाजतीन पार्क मैदानमा जोइन्ट स्क्रिन लगाएर फुटबलको फाइनल म्याच देखाउने व्यवस्था गरेको छ। यसको साथै बाघाजतीन पार्क मैदानमा विभिन्न देशको राष्ट्रिय झण्डा, फुटबल र कृत्रिम फुटबल कोर्ट बनाएर सुन्दर रूपमा सजाइएको छ। बाघाजतीन पार्कमा बसेर फुटबल फाइनल हेर्ने व्यवस्था गरिदिएको छ। अर्कोतिर, जोइन्ट स्क्रिनमा विश्वकप फुटबल फाइनल हेर्न सहरवासी उत्साहित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *