भोलि बुधबारदेखि पर्यटकहरूको लागि खोलिनेछ बङ्गाल सफारी पार्क

सिलगढी : कोरोनाको सबै नियमहरू पालन गर्दै भोलिदेखि बङ्गाल सफारी पार्क पर्यटकहरूको लागि खोलिने भएको छ। भोलिदेखि पर्यटक लगायत सहरवासीले आफ्ना परिवार, साथीहरूको साथमा बङ्गाल सफारी पार्कमा घुम्न पाउनेछन्। कोरोनाको दोस्रो लहर देखापरेपछि बङ्गाल सफारी पार्क राज्य सरकारको निर्देश अनुसार पर्यटकहरूको लागि बन्द राखिएको थियो। वन्य प्राणीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन बङ्गाल सफारी पार्क बन्द अवस्थामा थियो भने दुर्गा पुजा अगावै भोलिदेखि बङ्गाल सफारी पार्क खोलिने भएको छ। पार्क खोलिएपछि त्यहाँ मानिसहरूको अधिक भीड नहोस् भन्ने विषयमा पनि विशेष ध्यान दिइनेछ भने बङ्गाल सफारी घुम्न आउने पर्यटकहरूले अनिवार्य रूपमा मास्क लगाएर पार्कभित्र प्रवेश गरोस् भन्ने विषयमा पनि नजरदारी गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *