भोलीदेखि सिन्कोना बगान बन्द गरिने

मङ्पु: सिन्कोना प्लान्टेशन वर्कर्स युनियनले कोभिड 19-को महामारीलाई ध्यानमा राखेर आगामी 18 मईदेखि सबै सिन्कोना बगान लकडाउन गरिने निर्णय लिएको छ। कोभिड 19-को दोस्रो वेभको महामारीलाई मध्य नजर राख्दै आज मङ्पु सिन्कोना प्लान्टेशन लेबर युनियन कार्यकारी सभापति गगन राईले प्रेसवार्ता गरेर सम्पुर्ण सिन्कोना बगान भोली 18 मईदेखि 30 मईसम्म सरकारले घोषणा गरेको अवधि सिन्कोना बगान श्रमिक मजदुरलाई लकडाउन राख्ने अह्वान गरिएको छ। आज मङ्पु सिन्कोना बगान ब्यवस्थापकसित बैठक गरेपछि ब्यवस्थापनले बढ्दो कोरोनाको महामारीलाई ध्यानमा राखेर भोलिदेखि सिन्कोना बगान बन्द गरिने बताएको युनियन गगन नेता राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *