भोलिदेखि ट्रकहरू रोहिणी रोड भएर डाउन अनि एनएच 55 भएर अप जाने अपील

खरसाङ : दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनको सभापति मन्ना त्रिखत्रीले आज खरसाङमा पत्रकार सम्मेलनको आयोजना गरेर ट्राफिक अधिकारीहरूसित सभा गरेर भोलिदेखि ट्रकहरू डाउन रोहिणी रोड भएर अनि अप एनएच 55 भएर यातायात गर्ने निर्णय लिएको बताए। तिनले दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनको पक्षबाट सबै ट्रक चालकहरूलाई निवेदन गर्दै भोलिदेखि ट्रकहरू डाउन आउँदा रोहिणी रोड भएर जाने र अप आउँदा एनएच 55 भएर चलाउने अपील गरेका छन्। त्रिखत्रीले यस विषयमा खरसाङको ट्राफिक पुलिस कार्यालयमा दार्जिलिङ ट्राफिक पुलिसको डीएसपी, खरसाङको ट्राफिक ओसी, सुकनाको ट्राफिक ओसी र गाड़ीधुराको ट्राफिक ओसी आदिसित सभा गरी उक्त निर्णय लिएको बताए। तिनले भोलि खरसाङमा हुने जनसभालाई ध्यानमा राखेर भोलि एकदिनको लागि बिहान 8 बजीभन्दा अघि नै खरसाङ नाघेर ट्रकहरू जानुपर्ने नत्र माथिबाट आउने ट्रकहरू मिरिक रोड भएर चलाई दिने पनि जानकारी गराएका छन्। तिनले ट्रक चालकहरूलाई खाना खानु रोक्दा फराकिलो सड़क हेरेर ट्राफिकलाई ध्यानमा राखेर पार्किङ गरिदिने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *