भोलिदेखि उच्च माध्यमिक परीक्षा शुरू, खरसाङ महकुमामा यसपाली 971 जना विद्यार्थीहरूले परीक्षा दिइने

खरसाङ : यसपाली 2022-को उच्च माध्यमिक परीक्षा भोलिदेखि शुरु हुने भएको छ। खरसाङ महकुमा अन्तर्गत यसपालीको उच्च माध्यमिक परीक्षा भोली 2 अप्रेलदेखि 27 अप्रेलसम्म जम्मा 16 वटा परीक्षा केन्द्रहरूमा हुने भएको छ । यसको लागि खरसाङ महकुमा शासक आईएएस एजाज अहमदले एउटा प्रेस विज्ञप्ति जारी गरेर 2 अप्रेलदेखि 27 अप्रेलसम्म परीक्षा केन्द्रहरू वरिपरि बिहान 9 बजीदेखि 5.15 बजीसम्म 144 धारा लागु हुने जानकारी दिएका छन्। खरसाङ महकुमा प्रशासनलाई उद्धधृत गर्दै सूचना अनि सांस्कृतिक विभागद्वारा जारी विज्ञप्ति अनुसार यसपाली खरसाङ महकुमा क्षेत्रमा जम्मा 971 जना विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिने छन् जसमा 447 जना छात्र र 524 जना छात्राहरू रहेका छन्। त्यसरी नै खरसाङ नगरपालिका क्षेत्रबाट मात्रै यसपाली उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरूमा 255 जना छात्रहरू र 276 जना छात्राहरू रहेका छन् । परीक्षा केन्द्रको 100 मीटरको दायराभित्र वा वरिपरि 5 जनाभन्दा अधिक मानिसहरू भेला हुनलाई निषेध गरिएको छ भने बिहान 9 बजेदेखि बेलुकी 5.15 सम्म परीक्षा केन्द्रको 200 मीटरभित्रमा कुनै जेरक्स दोकानहरू पनि खोल्नलाई निषेध गरिएको छ। त्यसरी नै परीक्षाको समय परीक्षा केन्द्रको वरिपरि कुनै ठूलो साउण्डको प्रयोग निषेध गरिएको छ। यसवाहेक, 100 मीटरको दायराभित्र कुनै लट्टी अनि हात हतियारहरू पनि बोक्न निषेध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *