भोलि मङ्गलबारदेखि खोलिनेछ राज्यका स्कुल-कलेजहरू, तयारी शुरू  

सिलगढी : भोलि मङ्गलबारदेखि राज्यको सबै स्कुल कलेजहरू खोलिने भएकोले यसलाई लिएर प्रस्तुति शुरू भएको छ। तथापि, नवौँ श्रेणीदेखि कलेजसम्मको विद्यार्थीहरूको लागि मात्र भोलिदेखि स्कुल कलेजहरू खोलिने भएको छ। कोरोनाले गर्दा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबै स्कुल कलेजका कर्तृपक्षहरूले बैठक गरेर के-कस्तो पहल गरिनुपर्ने भन्ने विषयमा निर्णय लिएको छ। विद्यार्थीहरू स्कुल आएपछि घर नफर्किनजेल के कस्तो स्वास्थ्य सुरक्षा व्यवस्था अप्नाउनुपर्ने, टिफिनको समयमा विद्यार्थीहरूको भीड नहोस्, शारीरिक दूरी कायम राखोस् भन्ने विषयमा पनि स्कुल कलेज कर्तृपक्षले विशेष नजर राख्ने बताइएको छ। यसबाहेक सिलगढीको विभिन्न स्कुल तथा कलेजहरूमा थर्मल गन लगायत नियमित सेनिटाइजेसनको व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *