भोरेर आलोमा पर्यटकहरूको लागि आकर्षणको केन्द्र प्रवासी पक्षीहरू

राजगञ्ज : जाँडोको मौसममा प्रवासी पक्षीहरूको उपस्थितिको कारण गजलडोबास्थित पर्यटन केन्द्र भोरेर आलो पर्यटकहरूको निम्ति आकर्षकको केन्द्र बनेको छ। तथापि, यस वर्षको जाँडोको मौसमको अन्त भइसके तापनि हालसम्म विदेशबाट आएका पक्षीहरूको झुण्ड जलपाईगढीको गजलडोबामा देख्न सकिनेछ। उक्त पक्षीहरू दक्षिण अफ्रिका, साइबेरिया लगायत अन्य देशहरूबाट प्रत्येक वर्ष यहाँ जाँडोको मौसमभन्दा अगावै आउने गर्दछन्। विशेष गरेर यहाँ घुम्न आउने देशी-विदेशी पर्यटकहरू ती पक्षीहरूलाई हेर्नको लागि जाँडोको मौसममा डुवर्सको यस क्षेत्रमा आउने गर्दछन्। जाँडोको मौसमको अन्ततिर पनि भोलेर आलोमा ती पक्षीहरू अझसम्म फर्किएर नगएकोले गर्दा यहाँ घुम्न आउने पर्यटकहरू औधी खुशी देखिन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *