भोरेर आलो परियोजनाबारे प्रशासनिक अधिकारीहरूसित मन्त्री देवको बैठक

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले डुवर्सको गजलडोबास्थित भोरेर आलोको विभिन्न परियोजनाको कार्यलाई अझ द्रुत गतिमा अघि बढाउने उद्देश्य लिएर विभिन्न कार्यालयका अधिकारीसँग आज गजलडोबाको हावा महलमा एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा तिनले भोरेर आलोमा स्वास्थ्य चिकित्साको व्यवस्था, पुलिस थाना, हाती नाला, पक्षीहरूको लागि वासस्थान, बोटिङ, गोल्फ कोर्सलगायत भोरेर आलोको लागि अलग्गै महकुमा शासक कार्यालय बनाउने योजना रहेको जानकारी गराए। भोरेर आलोमा ठुलो आवाजमा माइक बजाउन निषेध गरिएको छ भने यहाँ लेजर लाइट लगाइने परिकल्पना रहे तापनि पक्षीहरूको सुरक्षालाई ध्यानमा राखेर परिवेश अनुकूल लाइट लगाइने तिनले बताए। हात्तीहरूको लागि बस्ने ठाउँको निर्माण कार्य पुरा भइसकेकोले अब चाँडै मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट यसको उद्घाटन गरिने तिनले बताए। उक्त बैठकमा प्रशासनिक अधिकारीगण, स्वास्थ्य विभाग, पुलिस, विद्युत विभाग, सिँचाई विभाग, वन विभाग, पीएचई, पीडब्ल्युडीलगायत अन्य विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.