भोट आयो तर लोहागढ़ चियाबारीमाका वासिन्दाहरूको समस्याहरू भने अझसम्म फुस्सै

मिरिक: मिरिक महकुमा अन्तर्गत भारत नेपाल सीमावर्ती चिया बगान लोहागढ़ चियाबारीका बासिन्दाहरूले यो सुकौरो मौसममा झेल्न परिरहेको खानेपानीको समस्यालाई ध्यानमा राख्दै लोहागढ चिया बगानले पानी वितरण गऱ्यो। लेहागढका भुक्तभोगी मानिसहरूको भनाई अनुसार, भोटको समय धेरैजनालाई जिताएर पठायो तरै पनि समस्याको समाधान भने कसैले गरेनन्। आश्वासन र भाषण दिने कैयौं आए तर समाधान भने जहाँको त्यहाँ नै छ। दिनहुँ लोहागढ़ चियाबारीमाका वासिन्दाहरू जटिलताको जीवन जिउन वाध्य छन् तर हालसम्म कुनै पनि राजनीतिक दलका शीर्ष नेताहरुले आश्वासन वाहेक अरू दिएनन्।


लोहागढ चिया वगानवासीको मूल समस्या सडक, पुल अनि पिउने पानीको रहेका छन तर सबै राजनीतिक दल र कार्याकर्ताहरू मूकदर्शक बनेर बसेका छन्। पिउने पानीको धेरै समस्या भएका कारण आज बगान प्रबन्धकको पहलमा स्थानीय वासिन्दाहरूलाई पिउने पानी वितरण गरियो। लोहागढ निवासी जोहन टेटे भन्छन्, “हामी पुल बनाई दिन्छौं, रोड बनाइ दिन्छौं, घर बनाई दिन्छौं, खानेपानीको व्यवस्था गरिदिन्छौं भने तर अहिलेसम्म कुनै पार्टीले भने समस्या समाधान गर्नु सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *