भ्रष्टाचारविरुद्ध फेडरेशनद्वारा कालचिनी सीडीपीओलाई ज्ञापन

कालचिनी : आँगनबारी केन्द्रमा कर्मी र सहायिका नियुक्तिमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै आज भारतका गणतान्त्रिक युवा फेडरेशनको तर्फबाट कालचिनी सीडीपीओसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। फेडरेशनको तर्फबाट आँगनबारी केन्द्रमा कर्मी र सहायिका नियुक्त भ्रष्टाचारमुक्त गरिनुपर्ने उक्त ज्ञापन पत्रमा माग गरिएको छ। फेडरेशनका कालचिनी लोकल कमिटीका सचिव जयदीप घोषले आउँदो दिनहरूमा आँगनबारी केन्द्रमा कर्मी र सहायिका नियुक्तिमा भ्रष्टाचार मुक्त गरिनुपर्ने माग गर्नको साथै उक्त केन्द्रमा गुणस्तरीय खानेकुरो बनाउनुपर्ने माग पनि गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *