भुइँचालोको अग्रिम सतर्कता यन्त्र तयार गरेको दावी

सिलगढी : सिलगढीको अरविन्दपल्ली निवासी सुब्रत पालले भुइँचालोको अग्रिम सतर्कता यन्त्र तयार गरेको छ। उक्त यन्त्रको सहायताले अब सिलगढी वासिन्दाले भुइँचालोको प्राथमिक सङकेत पाउन सक्नेछन्। उक्त यन्त्रले सरकारी स्वीकृति पाइसकेको साथै आज सुब्रतले उक्त यन्त्र लिएर सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग भेट गरे। बाह्रौँ श्रेणी उत्तीर्ण सुब्रत पालले आफ्नो लगन अनि मेहनतको कारण उक्त यन्त्रको अविष्कार गरेको बताइएको छ। तिनले बताएअनुसार भुइँचालोको रेक्टर स्केल 3 देखि माथि उठे उक्त यन्त्रले सङ्केत दिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *