भुजेल सांस्कृतिक एवं कल्याण संगठनको वार्षिक सभा

सिलगढी: भुजेल सांस्कृतिक एवं कल्याण संगठनको वार्षिक सभा संगठन अध्यक्ष प्रदीप भुजेलको अध्यक्षतामा सिलगढीको मंगल माइती भवनमा सम्पन्न भयो। विनोद भुजेलले सञ्चालान गरेको सभामा भुजेल जातिको पुजारी (फोरो) प्रमोद भुजेलले भुजेल जातिको संस्कार संस्कृतिलाई जगेरा गर्नु हो भने भुजेल जातिहरू रहेको स्थानहरूमा फोरो पुजारीलाई प्रत्येक शुभकार्य र अशुभ कार्यहरूमा चलाउनु पर्नेमाथि जोड दिए। अन्य नेपाली जातिको पुजारीहरूले धेरै सम्मान पाउँछन् भने हाम्रो फोरो (पुजारी) हरूले किन सम्मान पाउँदैन भन्दै सम्मान दिने अपिल गरे। हाम्रो कमजोरीको कारण फोरोहरु विलुप्त हुने क्रममा छ भन्दै आफ्नो जातिको फोरो पुजारीलाई नचलाएर नैरोह विलुप्तीको संघारमा पुगेको पनि तिनले बताए । तिनले सबै भुजेलहरूले फोरो चलाउनु पर्ने अह्वान गरे। अध्यक्ष प्रदिप भुजेलले भुजेल जातिले आफ्नो जनजातिको निम्ति पहल गरिरहेको र जनजाति पाउनु हो भने हामीले हाम्रो संस्कार र संस्कृतिकलाई अक्षरस अप्नाउनु जरुरी रहेको बताए। तिनले भने, हामीले दशै चाँड मनाएर हामी आफैले जनजाति होइनौ भन्ने उदाहरण दिइरहेका छौं भन्दै हाम्रो दशै-तिहार नै पुगलपारी हो। हाम्रो आफ्नै जातिको दशै तिहारको बद्ली पुगलपारी भुजेल जातिले पालन गरौ भन्दै आगामी 30 दिसम्बरमा पुगलपारी पर्वमा सबैलाई उपस्थित भइदिने अनुरोध गरे। यसैगरी, संगठनका महासचिव कुमार भुजेलले भुजेल कल्याण संगठन र भुजेल सांस्कृतिक एवं कल्याण संगठनको विषयमा सबैजे लाई जानकारी गराउँदै भुजेल सांस्कृतिक एंव कल्याण संगठनको जन्म धेरै वर्ष अघि नै भएको हो भन्दै तिनले भ्रममा नपर्ने अपिल गरे। हामी नै जनजातिको निम्ति पहल गर्ने पहिलो संगठन हौ भन्दै सबै भुजेलहरु सङ्गठित बन्नु पर्ने बताए । कोषाध्यक्ष श्याम कुमार भुजेलले वर्षभरीको आयव्ययको जानकारी गराए भने वर्किङ प्रेसिडेन्ट जय भुजेलले संगठनले धेरै राम्रो कार्यहरू गर्दै आइरहेको छ भन्दै भुजेल जातिको विकाशको कार्यहरू गर्दै आइरहेको बताए। सभामा दार्जिलिङ, खरसाङ, मिरिक अनि तराई डुवर्स क्षेत्रबाट शाखा प्रशाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *