भू-माफियाविरुद्ध पुलिसको अभियान जारी, 2 जना पक्राउ

सिलगढी : भू-माफियाविरुद्ध पुलिसको अभियान लगातार जारी छ। यसै क्रममा आसिघर आउटपोस्ट पुलिसले दुईजना भू-माफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा फनी राय र सुशान्त दास सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति आसिघर आउटपोस्ट पुलिसले डाबग्राम 2 अञ्चलको माझाबारी इलाकाबाट दुईजना भू-माफियालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका दुईजना व्यक्तिले धेरै दिन अघिदेखि नकली कागजपत्र बनाएर जमिन किन-बेच गरिरहेको साथै जमिन दखल गरेको आरोप रहेको छ। पक्रा परेका दुईजना व्यक्तिसित पुलिसले सोधखोज गर्दा अन्य केही भू-माफियाहरूको नाम अघि आएको छ। घटनाको जाँच शुरू गरेको आसिघर आउटपोस्ट पुलिसले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *