भू-माफियाहरूलाई चाँडै पक्राउ गरिनुपर्ने लगायत विविध मागलाई लिएर युवा तृणमूल-द्वारा एनजेपी थानामा ज्ञापन

फुलबारी : फुलबारी इलाकाको भू-माफियाहरूलाई चाँडै पक्राउ गरिनुपर्ने, अनलाइन जुवाविरुद्ध उचित पदक्षेप ग्रहण गरिनुपर्ने, मादक पदार्थको क्रय-विक्रय विरुद्ध पुलिसको अभियान लगायत अन्य विविध मागलाई लिएर डाबग्राम-फुलबारी ब्लक तृणमूल युवा कङ्ग्रेसले आज एनजेपी थानामा एउटा ज्ञापन पत्र चढायो। स्मरण रहोस्, मुख्यमन्त्रीको निर्देशपछि पुलिस प्रशासनले भू-माफियाविरुद्ध कठोर पदक्षेप ग्रहण गरेको छ। यस्तो परिस्थितिमा आज डाबग्राम-फुलबारी युवा तृणमूल कङ्ग्रेसको पक्षबाट एनजेपी थानामा एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *