‘भूमिपुत्र स्वीकृति’-को मागमा पश्चिमबंग नस्यशेख विकास परिषदले ज्ञापन बुझाउने

फूलबारी, 14 जनवरी (निसं): ‘भूमिपुत्र स्वीकृति’को मागमा पश्चिमबंग नस्यशेख विकास परिषदले भोली बुधवार जलपाईगढी जिल्ला शासकलाई भेटेर ज्ञापन बुझाउने भएको छ। पश्चिमबंग नस्यशेख विकास परिषदको जलपाईगढी जिल्ला कमिटीका सदस्यहरूले मंगलवार फूलबारीमा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका छन्।
यस सम्बन्धमा संगठनका सदस्य मोहम्मद सहेंशा फिरदौस आलमले भने, भोली अर्थात् 15 जनवरीको दिन जलपाईगढी जिल्लाशासक मार्फत मुख्यमन्त्री समक्ष भूमिपुत्र स्वीकृति सहित अन्य मागहरू राखेर उक्त ज्ञापन पेश गरिने छ। उनले जलपाईगढी जिल्लाका सबै नागरिकलाई उक्त ज्ञापन अवधि सहभागी भइदिने आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *