रायगञ्ज : अब केही क्षणपछि राज्यको 294 वटा आसनको लागि तृणमूल कङ्ग्रेस प्रार्थीको नाम घोषणा गरिने भएको छ। तर प्रार्थीको नाम घोषणा गर्न अगावै उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा तृणमूल जिल्ला कार्यालय अघि तृणमूल समर्थकहरूले विक्षोभ प्रदर्शन शुरू गरे। ‘बाहिरका प्रार्थी चाहँदैनौँ, रायगञ्ज विधानसभा केन्द्रमा अरिन्दम सरकारलाई प्रार्थीको रूपमा चाहन्छौँ’ भन्ने विक्षोभकारीहरूले माग गरेका छन्। उक्त घटनालाई लिएर आज जिल्ला कार्यालय परिसरमा उतप्तको माहौल सृजना भएको छ। विक्षोभकारीहरूको माग अनुसार रायगञ्ज नगरपालिका उप-पूर्व प्रधान तथा तृणमूल को-अर्डिनेटर अरिन्दम सरकारलाई तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा चाहन्छौँ। घरकै पुत्र अरिन्दमको बद्ली बाहिरका कुनै प्रार्थीलाई आफूहरूले स्वीकार नगर्ने प्रदर्शनकारीहरूले माग गरेका छन्। अरिन्दम सरकारलाई तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा चयन नगरे वृहद् आन्दोलन गर्ने आन्दोलनकारीहरूले चेताउनी दिएका छन्।
