रायगञ्ज : अब केही क्षणपछि राज्यको 294 वटा आसनको लागि तृणमूल कङ्ग्रेस प्रार्थीको नाम घोषणा गरिने भएको छ। तर प्रार्थीको नाम घोषणा गर्न अगावै उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा तृणमूल जिल्ला कार्यालय अघि तृणमूल समर्थकहरूले विक्षोभ प्रदर्शन शुरू गरे। ‘बाहिरका प्रार्थी चाहँदैनौँ, रायगञ्ज विधानसभा केन्द्रमा अरिन्दम सरकारलाई प्रार्थीको रूपमा चाहन्छौँ’ भन्ने विक्षोभकारीहरूले माग गरेका छन्। उक्त घटनालाई लिएर आज जिल्ला कार्यालय परिसरमा उतप्तको माहौल सृजना भएको छ। विक्षोभकारीहरूको माग अनुसार रायगञ्ज नगरपालिका उप-पूर्व प्रधान तथा तृणमूल को-अर्डिनेटर अरिन्दम सरकारलाई तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा चाहन्छौँ। घरकै पुत्र अरिन्दमको बद्ली बाहिरका कुनै प्रार्थीलाई आफूहरूले स्वीकार नगर्ने प्रदर्शनकारीहरूले माग गरेका छन्। अरिन्दम सरकारलाई तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा चयन नगरे वृहद् आन्दोलन गर्ने आन्दोलनकारीहरूले चेताउनी दिएका छन्।
भूमिपुत्र प्रार्थीको मागमा रायगञ्जमा तृणमूल समर्थकहरूद्वारा विक्षोभ

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
