भुस्याँहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउन सिलगढी नगरनिगम तत्पर

सिलगढी : भुस्याँहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउनको लागि सिलगढी नगरनिगमले पहल गरेको छ। पशुप्रेमी संस्थाको सहयोगितामा भुस्याँहा कुकुरहरूको नसबन्दी गराइयो। सिलगढी सहरको सडकहरूमा भुस्याँहा कुकुरहरूको संख्या निक्कै बढेर गएकोले समय-समयमा सहरवासीहरूले समस्याको सामना गर्न पर्दछ। यसैले गर्दा भुस्याँहा कुकुरहरूको नसबन्दी गर्ने सिलगढी नगरनिगमले पहल गरेको छ। आज डागापुर र सिलगढी डम्पिङ ग्राउन्ड नजिक नगरनिगमको सेन्टर होममा नसबन्दीको कार्य शुरू गरियो। सिलगढीका मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकार आज कामको प्रगतिको जाँच गर्नको लागि त्यहाँ पुगेका थिए। यस अवसरमा गौतम देवले भने, भुस्याँहा कुकुरहरूको संख्या कम्ती गर्न केवल नसबन्दी मात्र नभएर मानिसहरूको सहयोग पनि चाहिन्छ। तिनले साधारण मानिसहरूसित सहयोगको अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *