भुटानमा पनि देखापर्‍यो कोरोना भाइरसको मामिला

सिलगढी : छिमेकी देश भुटानमा पनि कोरोना भाइरसको मामिला पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार भुटान घुम्न आएका एकजना 76 वर्षीय अमेरिकी पर्यटक कोरोना भाइरसले आक्रान्त भएको पुष्टि भएको छ। भुटानमा कोरोना भाइरसको यो पहिलो मामिला हो। तिनी गत 2 मार्चको दिन गुवाहाटीबाट भुटान आएका थिए। भुटानका प्रधानमन्त्री लोटे छिरिङले जारी गरेको एउटा बयानमा यसको पुष्टि गरेको छ। उक्त भाइरस पीडित व्यक्तिको उमेर अनि अवस्थालाई ध्यानमा राखेर अक्सिजनको सहयोगमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *