भूतपूर्व सैनिक नरेन्द्र तामाङको निधनमा कारगिल एनजीओ-द्वारा अन्तिम श्रद्धाञ्जलि

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङको निधनमा भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओ-द्वारा एउटा कार्यक्रमबीच श्रद्धाञ्जलि अर्पण गरियो। सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङ चौथो बटालियनमा कार्य गरेपछि अवकाशप्राप्त भएका थिए भने उनी भूतपूर्व सैनिकहरूद्वारा घैयाबारीमा गठित कारगिल एनजीओ-का सदस्य थिए। आफ्नो सदस्यको निधनमा कारगिल एनजीओ-का प्रतिनिधिहरू घैयाबारीबाट सिमरिङ पुगेर नरेन्द्र तामाङको अन्तिम यात्रामा सामेल भएर अन्तिम श्रद्धाञ्जलि दिए। कारगिल एनजीओ-को पक्षबाट शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै शोक समवेदना पत्र पनि परिवार पक्षलाई प्रदान गऱ्यो। भूतपूर्व सैनिक एवं आफ्नो संगठनको सदस्य नरेन्द्र तामाङ विषयमा भूतपूर्व सैनिक एवं कारगिल एनजीओ-का सचिव रमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका गराउँदै नरेन्द्र तामाङको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको र परिवार पक्षसित कारगिल एनजीओ सदैव साथमा रहने बताएका छन् । तिनले शोकित परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *