भूतपूर्व सैनिक संगठनद्वारा घैयाबारी क्षेत्रमा सेनिटाइज

खरसाङ : खरसाङ खण्ड अन्तर्गत घैयाबारी क्षेत्रमा आज भूतपूर्व सैनिक संगठनद्वारा सेनिटाइज गरियो। भूतपूर्व सैनिक संगठन र भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओ-को आयोजनामा आज घैयाबारीको विभिन्न क्षेत्रहरूमा एपी बस्ती, मानेडाँड़ा, जोगमाया चियाबारी, सिलिम हिल चियाबारी र खास महल क्षेत्र, जोर चिलाउने आदिमा सेनिटाइज गर्नको साथै मास्क पनि वितरण गरियो। पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व सैनिक संगठन र कारगिल एनजीओ-का सचिव रमेश प्रधानले आज घैयाबारी क्षेत्रमा सेनिटाइज कार्य गरिएको बताउँदै यस कार्यको लागि सहयोग गरिदिने गोजमुमो महासचिव अनित थापाप्रति आभार प्रकट गरेका छन्।


त्यसरी नै कारगिल एनजीओका सभापति अर्जुन योञ्जनले घैयाबारीको एपी बस्तीमा कोरोना पोजिटिभ भएर एकजना भूतपूर्व सैनिकको निधन भएपछि नै आफुहरूले घैयाबारी क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट बाँच्नलाई सेनिटाइजको कार्य थालिएको बताए। आजको सेनिटाइज कार्यमा भूतपूर्व सैनिक संगठनको सभापति अर्जुन योञ्जन, सचिव रमेश प्रधान, मुख्य सल्लाहकार गणेश तामाङ, भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टीको उप सभापति रामे थापा, जयराज थापा एवम् अन्य पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *