भूतपूर्व सैनिक संगठनको तीनधारे महानदी समष्टि कमिटीद्वारा दोस्रो चरणको बुथ पसौं अभियान

खरसाङ : गोजमुमो खरसाङ महकुमा समिति र तीनधारे महानदी समष्टिको आयोजनामा भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समितिद्वारा बुथ पसौं अभियानको दोस्रो चरणमा आज समष्टिको जोगमाया चियाबारी, घैयाबारी र सिलिम हिलमा सभा सम्पन्न भयो। यस अन्तर्गत घैयाबारीमा बुथ कमिटीको सभापति वाङ्दी लामाको अध्यक्षतामा र भूतपूर्व सैनिक संगठन समष्टि कमिटीको कार्यकारी सभापति हेमेन्द्र देवानले सञ्चालन गरेका थिए। सभामा भूतपूर्व सैनिक संगठन घैयाबारीको कन्भेनर जयराज थापाले आफ्नो सम्बोधनमा भूतपूर्व सैनिक संगठनको उद्देश्य र आजको सभा विषयमा वक्तव्य राखे। त्यसरी नै सभामा नारी मोर्चा खरसाङ महकुमा समितिको सदस्य सकिला राईले देशको रक्षाको लागि खटेका भूतपूर्व सैनिक संगठनद्वारा देशको सेवापछि अब गाउँ घरमा पनि सेवा गर्नलाई थालिएको यो कदम सराहनीय रहेको बताइन्। भूतपर्व सैनिक हेमराज गुरुङले स्वागत सम्भाषण राखेका थिए भने विपन विश्वकर्मा र सभाध्यक्ष वाङ्दी लामाले पनि वक्तव्य राखेका थिए।


सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व सैनिक संगठनको समष्टि सचिव कृष्ण प्रधानले बुथ पसौं अभियान अन्तर्गत आज दोस्रो चरणको अभियान थालेको बताउँदै पहिलो अभियान अन्तर्गत सिमरिङ, मालुटार क्षेत्रमा सभा गरेको बताए। अब तीनधारे महानदी समष्टिको 22 वटै बुथमा गएर सांगठनिक सभा गर्ने र विभिन्न समस्याहरू बुझेर त्यसपछि केन्द्रीय समिति साथै जीटीए चेयरम्यान अनित थापा समक्ष रिपोर्ट पुर्‍याउने पनि तिनले बताए। त्यसरी नै अर्को सभा जोगमाया चियाबारीमा भूतपूर्व सैनिक जीवन थापाको अध्यक्षतामा सम्पन्न भयो। यस सभामा वक्ताहरू क्रमैले युवा मोर्चाका समष्टि संयोजक प्रकाश थापागोजमुमो समष्टिका कार्यकारी सभापति सीबी राई, सांगठनिक सचिव उत्तम छेत्री, भूतपूर्व सैनिक संगठनको समष्टि सचिव कृष्ण प्रधान, सदस्य पीके थापा, गोजमुमो जोगमाया बुथ कमिटीका सचिव रञ्जित थापाले वक्तव्य राखेका थिए। उक्त सभामा स्वागत सम्भाषण अर्जुन योञ्जनद्वारा राखिएको थियो। सभामा डीटीडीपीएलयुको जोगमाया चियाबारीको सचिव सुरज मगर पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *