व्यवसायी कोरोना संक्रमित भएपछि सिलगढीको सेठ श्रीलाल मार्केट बन्द

सिलगढी : सिलगढीको सेठ श्रीलाल मार्केटका एकजना व्यवसायी कोरोना संक्रमित भएको छ। पीडित व्यक्ति सिलगढीको ईस्टर्न बाइपास निवासी रहेको नगरनिगमको स्वास्थ्य विभाग सूत्रमार्फत् थाहा लागेको छ। गत केही दिनदेखि उक्त व्यवसायीमा कोरोनाको लक्षण देखेपछि कावाखालीको दिसान अस्पतालमा भर्ना भएका थिए भने तिनको स्वाब संग्रह गरेर जाँच गरेपछि आज रिपोर्ट पोजेटिभ आएको छ। कोरोना संक्रमित व्यक्तिलाई मतिगढा स्थित कोभिड अस्पतालमा उपचारको लागि लैजाने भएको छ। अर्कोतिर, उक्त व्यक्तिको कुनै ट्राभल हिस्ट्री नरहेको साथै लकडाउन अवधि तिनले माछा बिक्री गर्ने गरेको बताइएको छ। पीडित व्यक्ति क-कसको सम्पर्कमा आएका थिए भन्नेबारे छानबीन भइरहेको छ। सेठ श्रीलाल मार्केट व्यवसायी समितिका सचिव खोकन भट्टाचार्यले बताएअनुसार उक्त व्यक्ति गत 28 मईको दिन मार्केटमा आएका थिए। उक्त व्यक्ति कोरोना संक्रमित भएको थाहा पाएपछि सेठ श्रीलाल मार्केटको केही दोकानहरू बन्द राख्ने निर्णय लिएको तिनले बताए। मार्केटमा सेनिटाइज गरिने साथै यसबारे पुलिस प्रशासनलाई जानकारी गराइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetteosbet Built with ❤︎ by appycodes