विभिन्न मागलाई लिएर आँगनवाडी कर्मीहरूद्वारा खरसाङमा ऱ्याली साथै सीडीपीओ-लाई चढायो ज्ञापन

खरसाङ (निसं) : पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको आयोजनामा विभिन्न मागहरूलाई लिएर रैली निकाल्नको साथै खरसाङको आँगनवाडी प्रोजेक्ट अफिसर (सीडीपीओ)- लाई ज्ञापन पनि चढाए। यसै क्रममा आँगनवाडी कर्मीहरू र सहायकहरूद्वारा खरसाङको नयाँ बजारस्थित कप्तान रामसिंह ठाकुरी चोकदेखि रैली निकालेर खरसाङको नयाँ बजारस्थित आँगनवाडी खरसाङको कार्यालयमा पुगेर सीडीपीओ श्यामसन तामाङलाई ज्ञापन बुझाए। आज खरसाङ क्षेत्रका आँगनवाडी कर्मीहरूद्वारा जम्मा 24 वटा मांगहरू लिएर रैलीको साथमा ज्ञापन दिने कार्य गरेका छन्। यसमा आँगनवाडी कर्मीहरू र सहायकहरूका वेतन एकदमै कम्ती रहेको जुन अहिलेको महँगाइमा केही नहुने भएकोले वेतनमा बढ़ोत्तरी गरेर कर्मीहरूको एक्काइस हजार अनि सहायकहरूका अठार हजार हुनु पर्ने मांग गरेका छन् । त्यसरी नै आँगनवाडी कर्मीहरू र सहायकहरूलाई राज्य र केन्द्रबाट दिइने वेतन प्रत्येक महिनाको एक तारिख नै पस्नु पर्ने मांग गरेका छन्।


त्यसरी नै कर्मीहरूको प्रमोशन भएर सुपर भाइजर हुनु पर्ने तर राज्य सरकारले परीक्षा गराएर 1700 कर्मीहरूमा केवल 400 जना मात्र पास गराएको सन्तोषजनक छैन भन्दै रहल 1300 लाई पनि झट्टै सुपर भाइजर पदमा पदोन्नति गर्नु पर्ने मांग गरेका छन्। यसवाहेक, सहायककरूका पदोन्नति साथै आँगनवाडी कर्मीहरू र सहायकहरूलाई पनि सम्मानसहित अवकाशप्राप्त हुनु पर्ने जसमा क्षतिपूर्ति राशि 5 लाख दिनुपर्ने मांग रहेको छ भने अवकाशप्राप्तपछि पेन्शन पनि पाउनु पर्ने मांग गरेका छन्। यस क्रममा सन् 2014 देखि 2020 भित्रमा अवकाशप्राप्त भएका आँगनवाडी कर्मीहरू र सहायकहरूलाई क्षतिपूर्तिस्वरुप 3 लाख रुपियाँ प्रदान गरिनु पर्ने मांग पनि राखेका छन्। यसको साथै जम्मा 24 वटा मांगहरू आँगनवाडी कर्मीहरू र सहायकहरूद्वारा सरकार समक्ष राखेका छन्। आजको रैली र ज्ञापन पत्र बुझाएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आँगनवाड़ी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको सभापति संगीता खड्का र उपाध्यक्षा जुलियाना लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *