विविध आरोप लगाउँदै भाजपा-द्वारा एनजेपी थानाअघि विरोध प्रदर्शन

सिलगढी : राज्य सरकारविरुद्ध विविध आरोप लगाउँदै भाजपा-ले एनजेपी थाना अघि विरोध प्रदर्शन गर्यो। डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीको नेतृत्वमा जलपाईगढी जिल्लाका युवा तथा भाजपा-को मण्डल कमिटीका सदस्यहरूले आज एनजेपी थाना अघि विरोध प्रदर्शन गरे। भाजपाको आरोप अनुसार भाजपा कार्यकर्ताहहरूलाई विभिन्न प्रकारको झुटो मामिलामा फँसाइरहेको छ। पुलिसले केवल तृणमूलको लागि मात्र काम गरिरहेको छ। भाजपा-का कार्यकर्ता तथा समर्थकहरूले आज विविध आरोप लगाउँदै एउटा र्‍यालीको माध्यमद्वारा एनजेपी थानामा पुगे भने पुलिसले तिनीहरूले थानाको गेट अघि नै रोकिदिएपछि तिनीहरूले थानाको गेटअघि नै विरोध प्रदर्शन गरे। यसपछि विधायक शिखा च्याटर्जी सहित भाजपाका नेताहरूले थानामा गएर एउटा ज्ञापन पत्र चढाए। यस सम्बन्धमा विधायक शिखा च्याटर्जीले भनिन्, एनजेपी इलाकामा अवैध नशाको कारोबारी चलाइरहे तापनि पुलिसले यस विरुद्ध कुनै कार्वाही गरेको छैन। महिलाहरू सुरक्षित छैनन्, साधारण मानिसहरू थिचोमिचोको सिकार भइरहेकोले गर्दा नै आज आफूहरूले उक्त विरोध प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *