विविध कार्यक्रमको माध्यमद्वारा तृणमूल-द्वारा मुख्यमन्त्रीको जन्मदिन पालन

सिलगढी: कालचिनी ब्लकको विभिन्न इलाकामा विविध कार्यक्रमको माध्यमद्वारा आज मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन पालन गरियो। हाँसीमारा लगायत विभिन्न इलाकाका तृणमूल कार्यकर्ता तथा नेतृत्वहरूले आज मन्दिर पुजा अर्चना गर्नको साथै सडकमा आवतजावत गर्ने मानिसहरूलाई मिठाई खुवाएर मुख्यमन्त्रीको जन्मदिन पालन गरे। यस अवसरमा हाँसीमारा इलाकाको साताली ग्राम पञ्चायत प्रधान कमला देवी साह, तृणमूल अञ्चल सभापति कैलाश विश्वकर्मा लगायत अन्य नेतृत्व तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *