विविध मागलाई लिएर सीपीआईएम-द्वारा बोरो अफिस अभियान

सिलगढी : डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगम अझ सचेतन हुन आवश्यक रहेको माग गर्दै दार्जिलिङ जिल्ला सीपीआईएम-ले बोरो अफिस अभियान चलायो। तिनीहरूको माग अनुसार सिलगढी सहरमा दिन प्रतिदिन डेङ्गु संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले नगरनिगमले यसतर्फ विशेष ध्यान दिँदै नियमित रूपमा सहरको विभिन्न इलाकामा स्प्रे, फगिङ तथा ब्लिचिङ पाउडर छर्किनु आवश्यक रहेको छ। मच्छरबाट हुने डेङ्गु रोगबाट पूर्ण रूपमा छुट्कारा पाउनको लागि नगरनिगमले कठोर पदक्षेप ग्रहण गर्नुपर्नेछ।  यसको साथै बेहाल अवस्थामा रहेको सहरको सबै सडकहरू पुजा अघि नै मरमति गर्नुपर्ने, पिउने पानीको समस्या समाधान गर्नुपर्ने तिनीहरूले माग गरे। आज सीपीआईएम 1 नम्बर एरिया कमिटीको तर्फबाट 1 नम्बर बोरो अफिस अभियान चलाउनको साथै विविध मागलाई लिएर एउटा ज्ञापन पत्र पनि चढाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *