सिलगढी : विविध मागलाई लिएर एसएफआई डाबग्राम लोकल कमिटीले आज सिलगढीको सेभोक रोडमा विक्षोभ प्रदर्शन गर्यो। एसएफआई डाबग्राम लोकल कमिटीका सचिव गोपाल पालले बताएअनुसार चाँडै सबै सरकारी तथा गैर सरकारी शिक्षा प्रतिष्ठानहरूको अतिरिक्त फिस माफ गरिनुपर्ने, सबै विद्यार्थी, शिक्षक-शिक्षिका लगायत स्कुलका अन्य कर्मचारीहरूलाई निःशुल्क कोरोना भ्याक्सिन लगाइदिएर शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने, स्कुल-कलेजहरूमा सीटको सङ्ख्या बढाउनुपर्ने, माध्यमिक तथा उच्च माध्यमिक उत्तीर्ण भएका विद्यार्थीहरूलाई भर्ना सुनिश्चित गरिनुपर्ने माग गर्दै आज विरोध प्रदर्शन गरेको गरिइएको हो। आफूहरू माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।