विविध मागलाई लिएर सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : सिलगढी सहरवासीलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने तथा पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको विरोध लगायत विविध मागलाई लिएर सारा भारत लोकतान्त्रिक महिला समिति दार्जिलिङ जिल्ला कमिटीले आज विरोध प्रदर्शन गर्यो।  संगठनको जिल्ला सचिव स्निग्धा हाजराले आगामी 15 अगस्तसम्म संगठनद्वारा सहरवासीलाई निःशुल्क टीकाकरण उपलब्ध गराउने तथा पेट्रोलियम पदार्थको बढ्दो मूल्यको विरोधमा लगातार विरोध प्रदर्शन गरिरहने साथै आगामी दिनमा आन्दोलन गर्ने बताइन्। सिलगढीको सुभाषपल्लीमा एउटी महिलालाई कुटपीट गरेको घटनाको पनि तिनले निन्दा गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *