विभिन्न पार्टी त्यागेर सयभन्दा अधिक भाजपा-मा सामेल

दार्जिलिङ : दार्जिलिङ सदर तथा वरिपरि क्षेत्रका सयभन्दा अधिक भाजपामा सामेल भएका छन्। भाजपा जिल्ला नेतृत्वहरू एल एम लामा, सुजेन्द्र राई, अरुण प्रधान, सुमन प्रधान, निरज राई, राजीब राई, अमर शर्मा आदिले नयाँ सामेलहुनेहरू सबैलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए। यस अवसरमा दार्जिलिङ सहर 2 मण्डल समिति गठन गरियो। जसमा सर्वसम्मतिले अनुप राईलाई अध्यक्षको रूपमा चयन गरियो। यसैगरी, उपाध्यक्ष, महासचिव लगायतका पदमा विशेष नेतृत्वहरूलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *