दिव्याङ्गहरूलाई ट्राई साइकल र व्हील चेयर प्रदान

विधाननगर : विधाननगर वेलफेयरको संस्थापक तथा पुलिस कर्मी वापन दासले चारजना दिव्याङ्गहरूलाई ट्राई साइकल र व्हील चेयर प्रदान गरे। तिनले आज आफ्नो घर नजिक अलिपुरद्वारको बाहामनी सोरेन, इस्लामपुर रामगञ्ज वहरनगछ प्राथमिक पाठशालाका चौथो श्रेणीका छात्र आफसार अली, जलपाईगढी जिल्लाको भक्तिनगर थाना निवासी विश्वजीत राय, साहाबाद चियाकमानका अरूण सरकारलाई उक्त ट्राई साइकल र व्हील चेयर प्रदान गरे। यसरी दिव्याङ्गहरूको केही सहयोग गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको साथै भविष्यमा पनि यस प्रकारको कार्य गरिरहने बापन दासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *