विदेशी रम-रक्सीसहित तीनजना पक्राउ

इस्लामपुर: दालखोला ट्राफिक पुलिसले अवैध मादक पदार्थसहित बिहारका तीन जनालाई पक्राउ गरेको छ। उक्त घटनामा एउटा वाहन पनि पुलिसले जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति नाका चेकिङ अवधि दालखोला रेल्वे गेट नजिक नम्बर प्लेट नभएको एउटा वाहनलाई रोकेर छानबिन गर्दा पुलिसले 624 बोतल विदेशी रम-रक्सी फेला पारे। उद्धार गरेको रम- रक्सीको अनुमानित बजार मूल्य लगभग एक लाख 46 हजार रुपियाँ रहेको बताइएको छ। तीनैजना आरोपीहरूलाई आज इस्लामपुर अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *