विधान मार्केट व्यवसायी समितिद्वारा सिलगढीमा मौन जुलूस 

सिलगढी विधान मार्केट व्यवसायी समितिले दोकानको मालिकाना अधिकार प्रदान गरिनुपर्ने माग गर्दै आज विधान मार्केटबाट मौन  जुलूस  निकाल्यो। विधान मार्केट व्यवसायी समितिले धेरै लामो समयदेखि दोकानको मालिकाना हक प्रदान गरिनुपर्ने मागलाई लिएर धरना-प्रदर्शन गर्दै आइरहेका थिए। तिनीहरूको आरोप अनुसार सिलगढी जलपाईगढी विकास प्राधिकरण (एसजेडीए)-लाई बारम्बार गुहार लगाए तापनि व्यवसायीहरूले हालसम्म दोकानको मालिकाना अधिकार पाएका छैनन्। यसैले गर्दा तिनीहरूले आज दोकानको मालिकाना अधिकार प्रदान गरिनुपर्ने माग गर्दै साथै एसजेडीएको विरोधमा मौन जुलूस निकालेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *