विधान मार्केट व्यवसायी समितिद्वारा पुलिस कमिश्नरलाई ज्ञापन

सिलगढी सिलगढी मेट्रोपोलिटनको ट्राफिक विभागको तर्फबाट सड़क दुर्घटना रोक्ने उद्देश्य लिएर सहरको व्यस्त आवत-जावत गर्ने ठाउँको अनावश्यक खाली डिभाइडर नजिक ब्यारिकेड लगाएर बन्द गरिदिएको छ। यी सबै ठाउमा आवाजाही सामान्य रहोस् तथा कुनै प्रकारको अप्रिय दुर्घटना नहोस् भनेर उक्त पहल गरिएको हो। पानीट्याङ्की ट्राफिक गार्डको तर्फबाट पनि विधान मार्केट नजिक रहेको केही खाली डिभाइडरमा ब्यारिकेड लगाएर बन्द गरिदिएकोले मार्केट आउने मानिसहरूलाई हाल निक्सै असुविधा भइरहेको छ। यसले गर्दा क्रेता तथा विक्रेताहरू अब घुमेर विधान मार्केट जान बाध्य छन्। उक्त समस्याको समाधानको लागि आज विधान मार्केट व्यवसायी समितिका सदस्यहरू सिलगढी पुलिस कमिश्नरेट पुगेर मार्केटमा प्रवेश गर्नको लागि दुईवटा डिभाइडरबाट ट्राफिक ब्यारिकेट खोल्ने माग गर्नको साथै पुलिस कमिश्नर गौरव शर्मालाई एउटा ज्ञापन पत्र चढाए। यस विषयमा विधान मार्केट व्यवसायी समितिका सचिव बापी साहाले बताएअनुसार हाल ट्राफिक विभागको तर्फबाट विधान मार्केट नजिक दुईवटा डिभाइडरमा ब्यारिकेट लगाएर बन्द गरिदिएकोले ग्राहकहरू लगायत तिनीहरूलाई पनि निक्कै असुविधा भइरहेको छ। यसैले उक्त समस्याको समाधान गर्नको लागि आज सिलगढी पुलिस कमिश्नर गौरव शर्मालाई एउटा ज्ञापन चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *