विधान मार्केट व्यवसायी समितिद्वारा एसजेडीए-का सीईओलाई ज्ञापन

सिलगढी : विधान मार्केट व्यवसायी समितिले विधान मार्केटमा रहेको लगभग 3 सयभन्दा अधिक स्टलहरूको लाइसेन्स दिनुपर्ने माग गर्दै एसजेडीए-का सीईओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। लगभग 2 वर्षअघि विधान मार्केटमा आगलागी हुँदा 20 वटा दोकान क्षतिग्रस्त भएको थियो। पुरानो दोकानहरू पुनः निर्माण गरेर एसजेडीएको तर्फबाट लाइसेन्स प्रदान गरिरहेको छ। विधान मार्केटमा 3 सयभन्दा अधिक स्टलहरू रहेको छ भने यहाँ धेरै वर्ष अघिदेखि व्यवसायीहरूले दोकान चलाउँदै आइरहेका छन्। यी दोकानहरूलाई पनि लाइसेन्स दिनुपर्ने माग गर्दै आज विधान मार्केट व्यवसायी समितिको तर्फबाट एसजेडीए-का सीईओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *