विधान मार्केट व्यवसायी समितिका पूर्व अध्यक्ष प्रह्लाद चन्द्र बनिकको निधन

सिलगढी : सिलगढी विधान मार्केट व्यवसायी समितिका पूर्व सभापति तथा फोसिनका चेयरम्यान प्रह्लाद चन्द्र बनिकको निधन भएको छ। प्राप्त जानकारीअनुसार प्रह्लाद चन्द्र बनिकको गत राति सिलगढीको एउटा गैर सरकारी नर्सिङहोममा मृत्यु भएको बताइएको छ। आज तिनको पार्थिव शरीर समिति कार्यालयमा ल्याएपछि समितिका सदस्यहरूले फुल-माला चढाएर तिनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। अर्कोतिर, सिलगढी विधान मार्केट व्यवसायी समितिका पूर्व सभापति प्रह्लाद चन्द्र बनिकको मृत्यु भएकोले समितिको सिद्धान्तअनुसार आज दिउँसो 12 बजीसम्म मार्केट बन्द रहेको थियो भने 12 बजेपछि सम्पूर्ण मार्केट खुल्ला रह्यो। प्रह्लाद चन्द्र बनिक 1987 सालमा विधान मार्केट व्यवसायी समितिका सभापति थिए। विधान मार्केटको निर्माण एवम् यसको परिकल्पनामा तिनको योगदान रहेको छ। स्टेडियम निर्माणको लागि पनि तिनको नेतृत्वमा विधान मार्केट व्यवसायी समतिको तर्फबाट अर्थ प्रदान गरिएको थियो। त्यस समय तिनले स्टेडियमको प्रमुख प्रवेश द्वारको नाम फोसिन गेट राख्ने माग गरेका थिए भने तिनकै माग अनुसार स्टेडियमको प्रवेश द्वारको नाम फोसिन गेट राखिएको बताइएको छ। विधान मार्केट व्यवसायी समितिका सचिवले तिनको निधनमा शोक समवेदना प्रकट गर्दै प्रह्लाद चन्द्र बनिकले विधान मार्केटलाई सुन्दर व्यवस्थापन दिएको बताए। यसको साथै कमिटीको मिटिङ, व्यवसायीहरूको समस्या, मार्केटको विकास लगायत सबै क्षेत्रमा तिनी आफूहरूको साथमा खडा रहने गर्दथे भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *