विधान मार्केटका व्यापारीहरूलाई मास्क वितरण 

सिलगढ़ी: कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखेर हाल मास्कको प्रयोग अधिक बढ़िरहेको छ। कोरोना  भाइरसले विस्तारै विस्वभरिमैं महामारीको रूप लिइरहेको छ। यसैले गर्दा आज सिलगढ़ी विधान मार्केट व्यवसायी समितिको तर्फबाट विधान मार्केटका सबै व्यापारीहरूलाई मास्क वितरण गरियो। संगठनका अधिकारीले बताए अनुसार बजारमा धेरैजना मानिसहरू आउने गर्दछन्। यसैले गर्दा ब्यापारीहरू सावधान रहनु अति आवश्यक छ। यसै कुरालाई ध्यानमा राखेर मास्क वितरण गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *