विधान मार्केटका दोकानहरूको मालिकाना अधिकार दिनुपर्ने मागमा व्यवसायीहरूद्वारा मुख्यमन्त्री तथा मन्त्री फिराद हाकिमलाई पत्राचार

सिलगढी : सिलगढीको विधान मार्केटका दोकानहरूको मालिकाना अधिकार दिनुपर्ने माग गर्दै व्यवसायीहरूले मुख्यमन्त्री ममता ब्यानर्जी तथा शहरी विकास मन्त्री फिराद हाकिमलाई सामूहिक पत्राचार गरेका छन्। विधान मार्केट व्यवसायी समितिको पहलमा आज बिहानदेखि उक्त कार्यक्रम शुरू भएको छ भने अपरान्ह 4 बजीसम्म चल्नेछ। प्राप्त जानकारी अनुसार दीर्घदिनदेखि व्यवसायीहरूले विधान मार्केटका दोकानहरूको मालिकाना अधिकार दिनुपर्ने मागमा रैली तथा विक्षोभ प्रदर्शन गर्दै आइरहे तापनि हालसम्म यसको पहल गरिएको छैन। आरोप अनुसार यो बजार सिलगढी जलपाईगढी विकास बोर्डको अधीनमा रहे तापनि तिनीहरूको मागलाई बहाना गर्दै टार्दैआइहेको छ। यसैले गर्दा व्यवसायीहरूले यसपल्ट मुख्यमन्त्री तथा शहरी विकास मन्त्री फिरहाद हकीमसमक्ष गुहार लगाएका छन्। माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने व्यवसायीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *